समाजवादी पार्टी नेपालकी सांसद लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन् ।
सिटौलालाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बुधबार दिउँसो संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका हुन् ।
समाजवादी पार्टीले सांसद सरिता गिरीको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको थियो । सोही अनुसार निर्वाचन आयोगले सिटौलालाई सांसद पदमा निर्वाचित गरेको हो ।
गत असार २३ गते जनता समाजवादी पार्टीले सरिता गिरीलाई पार्टी र सांसद् पदबाट बर्खास्त गरेको थियो । गिरीले नेपालको भूभाग लिम्पियाधुरालाई अस्वीकार गर्दै नेपाल, भारत र चीनबीचको सम्बन्धमा खलल पुग्ने विवादास्पद अभिव्यक्ति दिँदै आएकी थिइन् ।