logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप २१० जनामा कोरोनाको संक्रमण पुष्टि, १४६ जना डिस्चार्ज


अंकुरण खबर
585
Shares

नेपालमा थप २१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २१० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १९ हजार २७३ पुगेको छ ।

संक्रमितमध्ये १४ हजार २१ जना निको भएर घर फर्किएका छन् भने संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ ।

आज मात्रै १४६ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।