logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा कोरोना निको हुनेको संख्या १४ हजार नाघ्यो


अंकुरण खबर
650
Shares

नेपालमा कोरोना संक्रमण निको हुनेको संख्या १४ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म १४ हजार २१ जना संक्रमित निको भएर घर फर्किएका छन् । बुधबार मात्रै १ सय ४६ जना डिस्चार्ज भएका छन् ।

प्रदेश नम्बर १ मा ७ सय ८९, प्रदेश नम्बर २ मा ३ हजार १८, बागमती प्रदेशमा ५ सय १८ र गण्डकी प्रदेशमा १ हजार २ सय २७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा  ३ हजार ९ सय १०, कर्णाली प्रदेशमा १ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ७३ जना डिस्चार्ज भएका छन् ।

आजसम्म पीसीआर विधिबाट ३ लाख ५८ हजार ३ सय ४४ जनाको कारोना परीक्षण भएको छ । हालसम्म निको भएकासहित नेपालमा कोरोना संक्रमितको कूल संख्या १९ हजार २ सय ७३ पुगेको छ ।