logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

केन्द्रीय कमिटी बैठक माग गर्दै नेकपा अध्यक्षलाइ हस्ताक्षर पत्र


अंकुरण खबर
1.274K
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका छन् ।

असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पनि बस्न नसक्ने स्थिति भएपछि केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक माग गरेका हुन् । पार्टीको विवाद झन् पेचिलो बन्दै गएपछि हस्ताक्षर संकलन गरेर बैठक बोलाउन माग गर्ने चरणमा पुगेको हस्ताक्षरकर्ताहरूले बताएका छन् ।

पार्टीभित्रको विवादले आफूअरुलाई चिन्तित बनाएको भन्दै अध्यक्षद्धयलाई सम्बोधन गर्दै बैठक बोलाउनुपर्ने केन्द्रीय सदस्यहरुको माग छ ।

यो धाराअनुसार एक चौथाई सदस्यले बैठक माग गरेपछि १५ दिनभित्र बैठक बोलाउनुपर्छ । पार्टी कार्यालयमा दर्ता गरिएको पत्रमा १५० जनाको हस्ताक्षर छ भने धर्मनाथप्रसाद साह र लालबहादुर विकको पनि सहमति रहेको नेताहरुले बताएका छन् ।