logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

प्रहरी हेडक्वार्टरका थप ९ जनामा देखियो कोरोना संक्रमण


अंकुरण खबर
1.014K
Shares

प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ४४ पुगेको छ ।

थपिएका संक्रमितहरुलाई बलम्बुस्थित एपीएफ अस्पतालमा भर्ना गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको  जानाकारी दिए ।

थप संक्रमितहरु फेला परेपछि संक्रमितहरू बस्ने ब्यारेक र भान्सा नै सिल गरिएको छ । यस्तै थप कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ । संक्रमित संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।