काठमाडौंको कमलादीमा प्रहरी चेकजाँचको क्रममा १५ किलो नक्कली सुन र हतियार छोडेर भागेको भनिएको गाडी फेला परेको छ ।
घटनामा प्रयोग भएको बा ६ च ५५१९ नम्बरको स्कोर्पियो नख्खीपोटस्थित निर्माणाधीन घरमा लुकाएको अवस्थामा फेला परेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले गाडी बरामद भएको बताउँदै घटनामा प्रहरीको कमजोरी नरहेको बताए ।
उनले घटनामा संग्लन ३ जना समेत पक्राउ परिसकेको बताए । इलाका प्रहरी कार्यालय दुम्कीबासको टोलीले पूर्वी नवलपरासीबाट देवान पटेल, विजय पटेल र निलेश सखियालाई पक्राउ गरेको हो । उनीहरु भाडाको ट्याक्सी लिएर त्यहाँ पुगेको खुलेको छ ।