logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसइईको सबै काम अन्तिम चरणमा, नतिजा मंगलबारसम्ममा आउने


अंकुरण खबर
1.222K
Shares

एसइई परीक्षाको आन्तरिक मूल्यांकनको नतिजा मंगलबारसम्ममा प्रकाशित हुने भएको छ ।

आगामी सोमबार र मंगलबारसम्ममा एसइई परीक्षाको नतिजा प्रकाशित हुने सम्भावना रहेको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०) का उपनियन्त्रक महेश्वर शर्माले जानकारी दिए ।

उपनियन्त्रक शर्माले एसइई परीक्षाको नतिजा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको बताए । ‘एसइई परीक्षाको नतिजा प्रकाशितको लागि अहिले तयारी गरिरहेका छौँ,’ उनले भने,‘ सोमबार र मंगलबारसम्ममा नतिजा प्रकाशित हुने सम्भावना छ। सबै काम अन्तिम चरणमा पुगेको छ।’

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुर (कक्षा १०) का परीक्षा नियन्त्रक राम राजन खकुरेलका अनुसार यस वर्ष चार लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ ।