कोरोनाभाइरस (कोभिड-१९)का कारण नेपालमा थप दुई जनाको निधन भएको छ ।
बिहीबार वीरगन्जमा ३५ र ६५ वर्षका पुरुषको निधन भएको हो । यीमध्ये ३५ वर्षका युवाको गण्डक कोरोना अस्पतालमा उपचार भइरहेको थियो । ज्वरो आएपछि र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी मंगलबार अस्पताल भर्ना भएका थिए । स्वाब परीक्षण गर्दा उनमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।
कोरोनाका कारण ज्यान गुमाएका ६५ वर्षीय पुरुषको चाहिँ घरमा नै निधन भएको हो । उनको घरमा मृत्यु भएपछि कोरोना परीक्षण गर्दा संक्रमण भएको पुष्टि भएको थियो ।