logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विदेश पठाइदिने बहानामा लाखौं ठगी गर्ने पक्राउ


अंकुरण खबर
754
Shares

विदेश पठाइदिने बहानामा विभिन्न व्यक्तिहरुसँग लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले धादिङको निलकण्ठ नगरपालिका–१२ बस्ने २६ वर्षीय रमेश कमरलाई पक्राउ गरेको छ ।

कमरले चेक रिपब्लिक पठाईदिन्छु भन्दै १६ जनासँग २९ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ। उनलाई काठमाडौंको बसुन्धाराबाट पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर पठाइएको प्रहरीले जनाएको छ ।