पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल र स्टार हस्पिटल सानेपाको प्रयोगशालामा काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
शुक्रबार काठमाडौंमा ३२, ललितपुर ५ र भक्तपुर १ जनालाई कोरोना संक्रमण देखिएको हो । शुक्रबार थपिएकासहित काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३, ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेको छ ।