logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कैलालीमा बाढीले बगाएर बेपत्ता भएका तीनै जनाको मृत्यु


अंकुरण खबर
1.222K
Shares

मंगलबार रातिदेखिको वर्षाका कारण बुधबार बिहान आएको बाढीमा बगेर बेपत्ता भएका कैलालीका ३ जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बाढीमा बगेर बेपत्ता भएकामध्ये १ जनाको बिहीबार र अन्य २ जनाको शुक्रबार शव फेला परेको हो ।

प्रहरीका अनुसार बाढीले बगाउँदा ज्यान गुमाउने तीनै जना भजनी नगरपालिकाका हुन् । बाढीमा बगेकामध्ये भजनी नगरपालिका ८ का चक्र बहादुर बिकको शव शुक्रबार दिउँसो फेला परेको छ । चक्रसँगै बाढीमा बगेर बेपत्ता भएका सोही ठाउँका इश्वर शाहको शव बिहीबार नै फेला परेको थियो ।

बाढीमा बगेर मृत्यु भएका अर्का व्यक्ति स्केल चौधरीको शव शुक्रबार बिहान फेला परेको छ ।

अविरल बर्षा संगै आएको बाढीमा ६ जना बगेकोमा ३ जनालाई भने बुधबार नै जीवितै उद्धार गरिएको थियो ।