logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थपिए ३१५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्याले २० हजार नाघ्यो


अंकुरण खबर
1.183K
Shares

नेपालमा थप ३१५  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शनिबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप  ३१५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २० हजार ८६  पुगेको छ । कोरोनाको संक्रमणबाट अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने संक्रमितमध्ये १४ हजार ४९२ जना निको भएर घर फर्किएका छन् ।

आज मात्रै ५३ जना निको भएर अस्पतालबाट घर फर्किएका छन् ।