महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का २ जना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको छ ।
अहिले महाशाखाका एसएसपी भिमप्रसाद ढकालसहित ३ सय ७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना पुष्टि भएकाको सम्पर्कमा आएकाले उनीहरुलाई अन्यको संपर्कमा जान नदिएको महाशाखाले जनाएको छ ।
महाशाखा सिल भएसंगै थप सावधानी अप्नाइएको एसपी वामदेव गौतमले जानकारी दिए । हाल १५ सय ४५ जना प्रहरी महाशाखा अन्तर्गत रहेका छन् ।