logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

आपसमा दुई मोटरसाईकल ठोक्किँदा सर्लाहीमा दुई जनाको मृत्यु


अंकुरण खबर
1.482K
Shares

सर्लाहीको लालबन्दीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

शनिबार राति लालबन्दी नगरपालिका १७ मा प्रदेश २ ०३००३ प ६६८९ र ज १ प २३३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा लालबन्दी नगरपालिका ५ का ५० वर्षीय ब्रह्मदेव चौधरी र रौतहटको इसनाथ नगरपालिका ७ का ५५ वर्षका नन्दकिशोर शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुर्घटनाका गम्भीर घाइते दुबैलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घाइते युवाको भने परिचय खुलेको छैन । उनलाई थप उपचारको लागि राति नै जनकपुर लगिएको छ ।