logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कुटपिटबाट एक युवकको मृत्यु, १४ जना पक्राउ


अंकुरण खबर
845
Shares

रोल्पाको रुन्टिगढी गाउँपालिका-६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएको विषयलाई लिएर १४ युवा पक्राउ परेका छन्।

कुटपिटबाट सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतको मृत्यु भएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

पक्राउ पर्नेमा स्थानीय भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी छन् ।

छिमेकी गाउँका टेकबहादुर बुढालाई गोठबाट घर फर्कँदै गर्दा शनिबार राति लुटेको आरोपमा बस्नेतमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । कुटपिटबाट बस्नेतको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए ।

बस्नेतले पाँच हजार र घडी लुटेको आरोप टेकबहादुर बस्नेतले लगाएका छन् । इलाका प्रहरी कार्यालय होलेरीका अनुसार बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले थप उपचारमा लागि बाहिर लैजान रिफर गरेको थियो ।

उपचारको लागि अन्यत्र लैजाँदै गर्दा बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।