logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

एक स्वास्थ्यकर्मीसहित बागलुङका ६ जनामा कोरोना पुष्टि


अंकुरण खबर
689
Shares

बागलुङका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको स्वाव परीक्षणमा जैमिनी नगरपालिकामा कार्यरत ५२ वर्षिय स्वास्थ्यकर्मीसहित बागलुङका ६ जनामा कोरोना पुष्टि भएको हो ।

पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ थालिने स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए ।

संक्रमति स्वास्थ्यकर्मीलाई उपचारको लागि धौलागिरी अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भएको छ ।

अन्य संक्रमतिमा बागलुङ नगरपालिका–१ बाङ्गेचौरको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३० बर्षिय एक पुरुष, भीमसेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका काठेखोला गाउँपालिकाका २५ र २४ बर्षिय दुई जना पुरुष र त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका बडिगाड गाउँपालिकाका २६ र ३४ बर्षिय दुई जना पुरुष रहेका छन् ।