नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको पहिलो दिन आइतबार भारी गिरावटका साथ बन्द भएको छ ।
शेयर बजार परिसूचक नेप्से आइतबार ४२.७८ अंकले ओरालो झरेको छ । सबै समूहका उपसूचक घटेपछि नेप्से १ हजार ३९६.२८ विन्दुमा ओर्लिएको हो । आज सबै समूहमा राताम्मे छाएको छ ।
आइतबार सबैभन्दा धेरै होटल समूह ४.४९ प्रतिशतले घटेको छ । वाणिज्य ब्यांक समूह ३.३५ प्रतिशत, निर्जीवन बीमा समूह ३.५२ प्रतिशत र जीवन बीमा समूह ३.०५ प्रतिशतले घटेका छन् ।
सबैभन्दा धेरै जोशी जलविद्युतका लगानीकर्ताले ९.७२ प्रतिशत गुमाएका छन् । ओरियन्टल होटलका लगानीकर्ताले ७.८८ प्रतिशत, हिमालयन ऊर्जा विकासका लगानीकर्ताले ७.८४ प्रतिशत घाटा खाएका छन् ।
आजको कारोबारमा सबैभन्दा धेरै आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९.९८ प्रतिशत र अजोड इन्स्योरेन्सका लगानीकर्ताले ९.९७ प्रतिशत नाफा कमाए ।
आइतबार १८९ कम्पनीका रु. १ अर्ब ८४ करोड मूल्य बराबरका शेयर किनबेच भएका छन् ।