logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाको जोखिम बढ्दै, काठमाडौंमा ६० वर्ष माथि र १२ वर्ष मुनिकालाई घरबाहिर ननिस्कन सरकारको आग्रह


अंकुरण खबर
2.067K
Shares

सरकारले काठमाडौं उपत्यका र घना वस्ती भएका ठाउँहरूमा ६० वर्ष माथिका जेष्ठ नागरिक र १२ वर्ष मुनिका बालबालिकालाई घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यी उमेर समूहका व्यक्ति संक्रमणको जोखिमा रहेको इंगित गर्दै घरबाट बाहिर ननिस्कन आग्रह गरेका हुन् ।

प्रवक्ता गौतमले कोरोना संक्रमितको संख्या बढिरिहे पनि निको हुने दर पनि राम्रो भएको बताए । उनले निको हुने दर ७२ प्रतिशत रहेको जानकारी दिएका छन् ।

कोरोना संक्रमण हुँदैमा नडराउन तर सावधानी अपनाउन उनले आग्रह गरे । ८० प्रतिशत संक्रमितहरु कुनै समस्या बिना नै निको भएको गौतमको भनाइ छ ।

मन्त्रालयले आरडीटी विधिबाट एन्टिबडी परीक्षण नगर्न पुन निर्देशन दिएको छ ।

कोरोनाभाइरसको संक्रमण रहेरनरहेको पत्ता लगाउनका लागि गरिने आरडीटी परीक्षण नगर्न सम्पूर्ण प्रदेश र स्थानीय तह तथा अस्पतालहरुलाई मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशन दिएका छन् ।