logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली-प्रचण्डबीच बालुवाटारमा छलफल, वरिष्ठ नेता खनाल र नेम्वाङ पनि सहभागी


अंकुरण खबर
1.157K
Shares

नेकपाका अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा भेटवार्ता जारी छ ।

केही दिन अवरुद्ध भएको दुई अध्यक्ष बीचको भेटवार्ता आइतबार देखि शुरु भएको छ । १३ साउनमा दुवै अध्यक्षले स्थायी कमिटी बैठकबारे छुट्टा–छुट्टै निर्णय लिएपछि टेलिफोन सम्वाद समेत बन्द भएको थियो ।

तर, आइतबार बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहित दुई अध्यक्ष छलफलमा जुटेका थिए। हिजो तीन घण्टा बढी छलफल गरेका दुई अध्यक्षबीचको भेटवार्ता आज सवा नौ बजेबाट शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

आजको छलफलमा पनि बरिष्ठ नेता खनाल र संसदीय दलका उपनेता नेम्वाङ सहभागी छन् । दाहालले आफ्नो तर्फबाट एक्लै वार्तामा नबस्ने अडान लिएपछि खनाल सहित बालुवाटार जान थालेका हुन् ।

वार्ता पछि भने दाहाल र खनालले आफ्ना समूहका नेताहरुलाई ब्रिफिङ गर्ने गरेका छन् । वार्ता शुरु भए पनि दुवै पक्ष अडानबाट हटेका छैनन् ।

दाहाल समूहले दुवै पदबाट राजीनामा, स्थायी कमिटीलाई निरन्तरता र केन्द्रीय कमिटी बोलाउनेबारे छलफल हुनुपर्ने अडान लिएको छ भने प्रम ओलीले महाधिवेशन अगाडि अध्यक्ष पद नछोड्ने अडान लिएका छन् ।