logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

कोरोनाका कारण युएईमा ३२ नेपालीको ज्यान गयो


अंकुरण खबर
1.495K
Shares

युएई-संयुक्त अरब एमिरेट्स (युएई) मा गत चार महिना भित्र विभिन्न कारणले १ सय १ जना नेपालीको ज्यान गएको छ ।

गएको चार महिनामा विभिन्न कारणले १ सय १ जना नेपालीको ज्यान गएको युएई स्थित नेपाली दूतावासले जनाएको हो । त्यसमध्ये ३२ जनाको कोरोनाका कारणले मृत्य भएको छ। कोरोनाका कारण मृत्यु हुने मध्ये १ महिला र बाँकी पुरुष रहेका छन् ।

कोरोनाको कारण मृत्यु भएका ३२ जना सहित ६१ जनाको शव यूएईमै अन्त्येष्टि गरिएको नेपाली दूतावास आबुधावीले जनाएको छ। शवको अन्त्येष्टि गर्न दूतावासले ‘नो अब्जेक्सन’ जारी गरेको थियो । बाँकी ४० जनामध्ये १६ जनाको शव चार्टर उडान मार्फत नेपाल पठाइएको छ  । १६ जनाको शव नेपाल फर्काउने तयारीमा रहेको छ,भने ८ जनाको शव अनुसन्धानका लागि विभिन्न अस्पतालको शवगृहमा राखिएको दूतावासले जनाएको छ ।

उडान नहुँदा युएईमा ज्यान गुमाउनेको शव नेपाल पठाउन सकिएको थिएन । शव नेपाल पठाउन नसकेपछि स्थानीय प्रशासनले पटक पटक कुटनैतिक माध्यममार्फत शव व्यवस्थापनमा सहयोग गर्न दूतावासलाई अनुरोध गरेको थियो ।