logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.495K
Shares

गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गत २४ घण्टामा थप ५ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

थप संक्रमितमध्ये ४ जना कास्कीको पोखरा उपमहानगरपालिकाका छन् । यस्तै, १ जना स्याङ्जाको हरिनासका रहेका स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

थप ५ जनामा संक्रमण पुष्टि भएसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ५ सय २९ पुगेको छ ।