logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

करेन्ट लागेर दाजु भाइको मृत्यु


अंकुरण खबर
2.639K
Shares

दाङको घोराही उपमहानगरपालिका–१ मा जंगली बँदेल मार्न थापेको विद्युतीय धरापमा परी करेन्ट लाग्दा सोमबार दुई दाजु भाइको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मकैबारीमा थापेको विद्युतीय धरापमा परेर १४ वर्षीय वीरबहादुर रावत र उनका भाइ १० वर्षीय तेजबहादुरको करेन्ट लागेर मृत्यु भएको हो ।

राससका अनुसार बँदेलले मकै सखाप पार्न थालेपछि त्यसलाई मार्न र धपाउनका लागि बारीमा विद्युत् जडान गरेर धराप थापिएको थियो ।

धरापमा बँदेल परेको छ कि भनेर बिहान बारीमा गएका भाइलाई करेन्ट लागेपछि छुटाउन जाँदा दुवैलाई करेन्ट लागेको प्रहरीले बताएको छ ।

छोरालाई करेन्ट लागेको देखेपछि बारीमा गएका बुबा दिलबहादुर पनि करेन्ट लागेर घाइते भएका छन् । उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।