logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

वीरगञ्जमा नेपाली सेना, थुनुवा, पत्रकार र डाक्टरसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
624
Shares

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, थुनुवा, पत्रकार र डाक्टरसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ६ जना महिला रहेका छन् । संक्रमित हुनेमा १४ वर्षका बालकदेखि ५६ वर्षका पुरुष रहेका छन् ।

सोमबार अबेर राति संक्रमण पुष्टि भएका ३४ मा वीरगञ्ज ब्यारेकका २८ देखि ३४ वर्षका ३ जना नेपाली सेना, पर्सा वीरगञ्जका २२ वर्षका १ जना पत्रकार, वडा प्रहरी कार्यालय विर्ताको थुनुवा कक्षमा रहेका २० वर्षका १ जना थुनुवा र ब्योध्या अस्पताल र नेशनल मेडिकल कलेजका १-१ जना डाक्टर रहेका छन् ।

त्यस्तै वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका २१ बर्ष ५६ बर्षका १५ जना,स्वेच्छाले पैसा तिरेर जाँच गराएका ३६ बर्ष ४९ बर्षका ५ जना, पर्सा जिल्लाको पोखरिया नगरपालिका– २ का १ जना पुरुष र २ जना महिला रहेका छन् भने पर्सा जिल्लाको सेढवाका २२ बर्षका १ जना युवामा पनि कारोना संक्रमण पुष्टि भएको छ ।

बारा जिल्ला कलैयाका २९ बर्षका १ जना पुरुष र बारा जिल्ला फेटा गाउँपालिका–४ का २८ वर्षका १ जना पुरुष र सर्लाही जिल्ला मलगंवा–८ का ४८ बर्षका १ जना पुरुष रहेको छन् ।