logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बामदेव गौतमलाई भेट्न प्रचण्ड गौतम निवास भैँसेपाटी पुगे


अंकुरण खबर
3.783K
Shares

नेकपा भित्रको विवाद सतहमै छताछुल्ल भैरहदा उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो पक्षमा पार्न दुई अध्यक्ष लागिपरेका छन् । पछिल्लो केही दिन यता ओलीसंग निकट बनेका गौतमलाई भेट्न अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपाध्यक्ष बामदेव गौतम निवास भैँसेपाटी पुगेका छन् ।

दुई नेताको भेटमा वर्तमान समसामयिक विषयमा छलफल हुने गौतमको सचिवालयले जनाएको छ । यस अघि सहमतिको लाथि अपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव राखेका थिए । तर पछि नेताहरुको पटक पटकको छलफलबाट पनि सहमति ननिस्किएपछि पार्टी फुटको संघारमा पुगेको विश्लेषकहरुको तर्क छ । यो विषम परिस्थितिमा अध्यक्ष प्रचण्ड र उपाध्यक्ष गौतमको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सहमतिका लागि भन्दै आजै साँझ ५ बजे ओली प्रचण्डबीच वार्ता हुँदैछ ।