logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चितवनमा होम क्वारेन्टिनमा बसेका युवकको मृत्यु, स्वाब संकलन गरिदैँ


अंकुरण खबर
910
Shares

पूर्वी चितवनको खैरहनीमा होम क्वारेन्टिनमा बसेका एक पुरुषको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–६ स्थित एक बोरा उद्योगमा काम गर्ने ३५ वर्षका एक पुरुषको गएराति मृत्यु भएको हो । मृतक कलैया नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

बाराबाट १३ दिन अगाडि चितवन आएका ती पुरुषले साथीहरुलाई एक्कासी छाती दुखेको र त्यसपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक पुरुषको स्वाब संकलन गरी पीसीआर बिधिबाट कोरोना टेष्टको तयारी गरिएको छ ।