सुदूरपश्चिम प्रदेशमा मंगलबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा एक सय ७० जनाको कोरोना परीक्षण भएकोमा २६ पुरुष र ७ महिलागरी ३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार कैलालीमा २१ जना, अछाममा ११ जना र कंचनपुरमा एक जना संक्रमित भएका छन् ।
मंगलबार ३३ जनामा संक्रमण पुष्टि भएसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार ७९३ पुगेको छ ।