मंगलबार १२ सय १५ जना नेपाली विदेशका विभिन्न स्थानबाट नेपाल फर्किएका छन् ।
विभिन्न ७ उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । स्वदेश फर्कनेमा मलेसिया, कतार, युएई, जापानलगायत मुलुकमा समस्यामा परेकाहरू छन् ।
कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) का अनुसार लकडाउन शुरु भएयता मंगलबारसम्म ४२ हजार १४ जना नेपाली स्वदेश फर्किएका छन् ।