logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पर्साकी १८ वर्षीया युवतीको मृत्युपछि कोरोना पुष्टी


अंकुरण खबर
754
Shares

पर्सामा गत सोमबार मृत्यु भएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

पखाला लगेपछि उपचारका लागि नेशनल मेडिकल कलेज लैजाँदै गर्दा सोमबार बाटोमै ज्यान गुमाएकी उनको स्वाब परिक्षण गर्दा मंगलबार पोजेटिभ रिपोर्ट आएको छ ।

पोखरिया–८ जगतपुर घर भएकी उनी मामा घरमा बस्दै आएकी थिइन् । यससँगै पर्सामा कोरोना कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।