logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

विदेशमा अलपत्र परेका १४ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै


अंकुरण खबर
754
Shares

आज विहान युएई र कतारबाट ४ सय ५९ जना नेपाली स्वदेश आएका छन् ।

युएईबाट हिमालय एयरको दुइ वटा उडानमार्फत् ३ सय ८ जना नेपाली स्वदेश फर्किका छन् । कतारको दोहाबाट नेपाल एयरको एउटा उडानमार्फत १५१ जना नेपाली आइपुगेका नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

युएई, कतार र साउदी अरबबाट गरी आज बेलुकीसम्म १४ सय भन्दा धेरै नेपाली आज स्वदेश फर्कँदै छन् । प्राधिकरणका अनुसार युएईबाट मात्रै साँझसम्म पाँच वटा उडानमार्फत ९ सय भन्दा धेरै नेपाली आउन लागेका छन् ।

दिउँसो साउदी अरबको दमामबाट हिमालय एयरको विमानमार्फत् १५४ र कतार एयरवेजको विमानबाट २५० जना आउन लागेका प्राधिकरणले जनाएको छ ।