जुम्लामा निको भएर घर फर्किएका तीन जनामा पुनः कोरोना संक्रमण पुष्टि भएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा गरिएको परीक्षणमा तीन जनामा पुन संक्रमण पुष्टि भएको हो ।
सोही अस्पतालको आइसोलेसनमा रहेका ६९ जना निको भएपछि जुम्लालाई कोरोनामुक्त जिल्ला घोषणा गरिएको थियो । तर, निको भएर घर पठाइएको व्यक्तिमा पुनः परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको छ ।
जुम्लाका चार हजार नौ सय १२ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमा ६९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो ।