कैलालीमा बलात्कारको आरोपमा एकजना वडा सचिव पक्राउ परेका छन् ।
भजनी नगरपालिका- ४ का वडा सचिव सुमनकुमार चौधरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले १८ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् ।
महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।
चौधरी उपर जबरजस्ती करणीको उजुरी आएकाले आरोपित व्यक्तिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको प्रहरीले जनाएको छ ।