विदेशमा अप्ठ्यारोमा परेका १३ सय १३ नेपाली बुधबार स्वदेश फर्किएका छन् ।
साउदी, कतार, युएईलगायत मुलुकबाट विभिन्न ८ उद्धार उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । बुधबार नै साउदीबाट दुई वटा शवसमेत ल्याइएको त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलले जनाएको छ ।
बिहीबार विदेशमा अलपत्र नेपालीहरुको स्वदेश फिर्तीका लागि १३ वटा उडानतय गरिएको छ । ती उडानमार्फत साउदी, कतार, युएई, मलेसियालगायत मुलुकमा कोरोनाका कारण अप्ठ्यारो परेका नेपालीहरु स्वदेश फर्काइने तालिका तय गरिएको हो ।