logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

प्रदेश २ का मन्त्री र प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.066K
Shares

प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री र एक जना महिला प्रदेशसभा सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत साउन १८ गते काठमाडौंबाट गएपछि १९ गते स्वाब संकलन गराउँदा मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । अहिले मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उनको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गराउने तयारी भैरहेको छ । मन्त्री यादव स्वंले कोरोनालाई आवश्यक सावधानी अप्नाई मनोबल उच्चराखे जितिने बताएका छन् । त्यस्तै उनले आफ्नो संपर्कमा आएका सबैलाई लाई कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन् । मन्त्री यादव उनी अहिले मन्त्रालयमै क्वारेन्टिनमा बसेका छन् ।

त्यस्तै जसपाका प्रदेश सभाकी सदस्यमा पनि बुधवार कोरोना संक्रमण पुष्टि भएको छ । उनको अवस्था पनि सामान्य रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जानएको छ ।