सुनसरीको धरानमा एकै परिवारका पाँच जना सहित १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये धरान तीन गौधारा बस्ने एकै परिवार पाँच जना, धरान एघार बस्ने एक महिला र भारतबाट आएर एन्फा क्वारेन्टीनमा बसेका भारतीय गोर्खा सैनिकहरु रहेका छन् ।
एकै घरपरिवारका पाँच जनाको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्ने तयारी भइरहेको छ ।
संक्रमित सबैलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइशोलेसनमा पठाइएको छ ।