logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको भाउले नयाँ रेकर्ड बनाउँदै, प्रतितोला एक लाख दुई हजार पाँच सय पुग्यो


अंकुरण खबर
871
Shares

नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले बढेको छ । बुधबारको सुनको मूल्य बिहीबार फेरि १ हजार १ सय रुपैयाँले बढेको हो ।

बिहीबार छापावाला सुन  प्रतितोला १ हजार १ सय रुपैयाँले बढेर एक लाख दुई हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य प्रतितोला एक लाख एक हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज चाँदी पनि प्रतितोला ५० रुपैयाँले बढर प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।