logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
923
Shares

संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संसद सचिवालय स्रोतका अनुसार मंगलबार कोरोना परीक्षणका लागि स्वाब दिएका पाण्डेको रिपोर्ट पोजिटिभ आएको हो । पाण्डे प्रतिनिधिसभा सदस्य प्रदिप यादवसहितको टोली वन व्यवस्थापनको अनुगमनका लागि केही दिनअघि सिन्धुली गएका थिए ।

यादव सांसदको सार्वजनिक लेखा समितिका सदस्यसमेत हुन् । यादवमा कोरोना पुष्टि भएपछि उनीसँगै गएका पाण्डेसहित ८ जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।

पाण्डेमा संक्रमण पुष्टि भए पनि उनीसँगै गएका अन्य सदस्यको भने रिपोर्ट नेगेटिभ आएको छ ।