logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.482K
Shares

नेपालमा थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बिहीबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३६०  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५०  पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १५ हजार ३८९  जना कोरोनालाई जितेर घर फर्किएको प्रवक्ता गौतमले बताए । आज मात्रै कोरोनालाई जितेर २३३  जना घर फर्किएका छन् ।