logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

कर्णाली प्रदेशमा थपिए ४ जना कोरोना संक्रमित


अंकुरण खबर
1.469K
Shares

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको परीक्षणबाट बिहीबार थप ४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेत, दैलेख, जुम्ला र मुगुका एकरएक जना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९६० पुगेको छ ।