logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा लकडाउनको नयाँ मोडालिटी ल्याउने सरकारको तयारी


अंकुरण खबर
689
Shares

सरकारले कोरोनाभाइरस संक्रमित बढेसँगै उपत्यकाका तीन जिल्लामा नयाँ मोडालिटीमा काम गर्ने तयारी सुरु गरेको छ ।

पछिल्ला केही दिन यता उपत्यकामा उल्लेख्य संख्यामा कोरोनाभाइरस संक्रमित बढिरहेका छन् ।

योसँगै काठमाडौं, भक्तपुर र ललितपुरमा सरकारी तथा निजी कार्यालयहरु सन्चालनका लागि नयाँ किसिमको मोडालिटीमा सरकारले काम गर्ने भएको छ ।

उपत्यकामा कस्तो र कुन हिसाबमा लकडाउन गर्ने भन्नेबारे छलफल गर्नका लागि शुक्रबार तीनै जिल्लाका जिल्ला प्रमुख अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरुबीच आज छलफल हुने भएको छ ।

यसअघि सरकारले देशव्यापी रुपमा लकडाउन नगर्ने तर आवश्यक पर्ने ठाउँमा लकडाउनमा जाने बताइसकेको छ ।