logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पाटन अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
624
Shares

नेपालमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको हो । वीरगञ्जका ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार साँझ मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माले जानकारी दिए ।

डा. शर्माका अनुसार, ती संक्रमित पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए । उनलाई साउन १७ गते स्टार अस्पतालबाट रेफर गरिएको थियो ।