logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

गण्डकी प्रदेशमा थपिए ४ जना कोरोना संक्रमित


अंकुरण खबर
1.17K
Shares

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा महानगरपालिकाका २ सहित थप ४ जनामा कोरोना पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको रियल टाईम पिसिआर परिक्षणमा पोखरा महानगरपालिका वडा नं. २ र ८ का २ जना, क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा नवलपुरका १ जना र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएको परिक्षणमा स्याङ्जाका १ जनामा कोरोना संक्तमण पुष्टि भएको हो । उनीहरु सवैजना पुरुष रहेका छन् ।

यससंगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ७९ पुगेको छ । जसमध्ये १३८३ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।