logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गलत रगत चढाउँदा २० वर्षीया सुत्केरीको मृत्यु, एक डाक्टर प्रहरीको नियन्त्रणमा


अंकुरण खबर
936
Shares

जनकपुरस्थित रामजानकी अस्पतालमा सुत्केरीलाई चिकित्सकले गलत रगत चढाएपछि मृत्यु भएको छ ।

बिहीबार सुत्केरी भएकी महोत्तरीकी २० वर्षिया गंगा महतोलाई ओ पोजेटिभ रगत आवश्यक भएकोमा चिकित्सकले बी पोजेटिभ रगत चढाएका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका एसपी रमेश बस्नेतले बताए ।

अपरेसन गरेर बच्चा निकालेपछि सुत्केरीलाई रगत चाहिने भएपछि चिकित्सकले रक्तसञ्चार केन्द्रमा रगत लिन पठाएका थिए । रक्तसञ्चार केन्द्रले गलत रगत दियो या चिकित्सकले गतल रक्त समूह ल्याउन भनेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको एसपी बस्नेतले बताए ।

मुत्युपछि एक चिकित्सकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।