काठमाडौं उपत्यकामा आज (शक्रबार) कोरोना भाइरसका १०६ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका ९२ जना, भक्तपुरका ४ जना र ललितपुरका १० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा संक्रमितको संख्या ९७२ पुगेको छ ।
संक्रमितहरु काठमाडौंमा ७६१, ललितपुरमा १३४ र भक्तपुरमा ८२ जना छन् ।