logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको रेकर्डमा ब्रेक, आज तोलामा ९०० रुपैयाँ घट्यो


अंकुरण खबर
2.301K
Shares

नेपाली बजारमा आज सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँ घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९०० रुपैयाँले घटेर एक लाख दुई हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शनिबार छापावाला सुनको मूल्य एक लाख तीन हजार ५०० रुपैयाँ निर्धारण गरिएको थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य पनि ९०० रुपैयाँ नै घटेर एक लाख दुई हजार १०० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँ बढेर एक हजार ४ सय १० रुपैयाँ निर्धारण गरिएको छ ।