logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बाँकेमा थप २० जना कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.326K
Shares

बाँकेमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पताल नेपालगञ्जका अनुसार पछिल्लो २४ घण्टामा बाँकेका २० जनामा कोरोना पुष्टि भएको हो ।

तीन सय जनाको पीसीआर परीक्षण गर्दा बांकेका २० जना र बर्दियाका २ जना गरी २२ जनामा कोरोना पोजेटिभ देखिएको भेरी अस्पतालले जनाएको छ ।

बाँकेका २० जनामध्ये नेपालगञ्ज उपमहानगरपालिकाका ७ महिला र ८ जना पुरुष, कोहपुरका ४ जना पुरुष र एकजना ५२ वर्षका पुरुष जिल्ला समन्वय समिति बाँकेका रहेका छन् । ती पुरुषको ठेगाना डीडीसी बाँके लेखिएको छ । बर्दियाका संक्रमित दुबैजना महिला हुन् ।

एकजना गुलरिया नगरपालिका–५ कि ५६ वर्षीया र अर्की बांसगढी नगरपालिकाकी ४६ वर्षीया महिला हुन् । योसंगै बांकेमा कोरोना संक्रमितको संख्या ५ सय ९६ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले जनाएको छ ।