logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीमा देखियो कोरोना संक्रमण


अंकुरण खबर
1.638K
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई संक्रमण देखिएको यो पहिलो पटक हो । मन्त्रालय स्रोतका अनुसार शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ३जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।

एक चालक र २ कार्यालय सहयोगीलाई कोरोना संक्रमण देखिएको छ । अहिले उनीहरुको संम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको जनाइएको छ ।