logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रार्थना गरेर कोरोना निको पार्छु भन्ने धर्मगुरुको कोरोनाबाटै मृत्यु


अंकुरण खबर
832
Shares

पोखरामा प्रार्थनाबाट कोरोना निको पार्ने दाबी गर्ने एक क्रिश्चियन धर्मगुरुको कोरोनाकै कारण मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय धर्मगुरुको मृत्यु भएको हो । मधुमेहका रोगीसमेत रहेका उनको गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

पोखरा महानगरपालिका–१९ का संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएका थिए । उनको आइसीयूमा उपचार भैरहेको थियो।

क्रिस्चियन धर्म गुरुले आफ्नै घर र चर्चमा प्रार्थना चलाउँदै आएका थिए। उनको सम्पर्कमा आएका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको  छ।

पोखरामा क्रिश्चियन समुदायका व्यक्तिहरुलाई भेला पारेर उनले प्रभु यशुले सबै रोग निको पार्न सक्ने र कोरोना पनि निर्मुल पार्ने दाबी गर्दै आएको प्रत्यक्षदर्शीहरु बताउँछन्।

उनको दाबीमा विश्वास गर्नेहरु लामो समयदेखि कोरोनाबाट बच्न भन्दै प्रार्थना गर्दै आएका छन् ।