logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ३७.७४ अंकले बढयो


अंकुरण खबर
988
Shares

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दा  ३७.७४ अंकले बढेको छ ।

कारोबार सुरुबाटै उकालो यात्रा तय गरेको नेप्से अन्तिमसम्म आउँदा २.७१ प्रतिशतले उकालो लागेको हो । आज १३९४.३५ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधीमा १४३०.४१ को बिन्दुमा पुगेको छ ।

त्यस्तै, आज अहिले सम्म कारोबारमा आएका १२ उपसमूह मध्ये मिउच्युल फन्ड घटेको छ ।

अहिले कारोबार भईरहेका १८९ कम्पनीको ४२ लाख ५१ हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब ५५ करोड  ५२ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ ।

हाल कारोबारमा आएका कम्पनिमध्ये ने३७. ७४ अंकले बढयो नेप्सेपाल रिइन्सुरेन्स कम्पनिले ६ करोड ९२ लाख बराबरको कारोबार गरेर उच्च स्थानमा रहेको छ ।