logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

तस्वीर सार्वजनिक गरेसँगै गोंगबुमा सुटकेसभित्र भेटिएको शवको पहिचान खुल्यो


अंकुरण खबर
1.443K
Shares

आइतबार काठमाडौंको गोंगबुमा विभत्स रुपमा भेटिएको शवको पहिचान खुलेको छ ।

टोखानगरपालिका–१० गोगबुमा भेटिएको शव दाङका कृष्णबहादुर बोहोराको भएको प्रहरीले जनाएको छ । उनी काठमाडौंको सोह्रखुट्टेस्थित एक उद्योगमा काम गर्दै आएको खुलेको छ ।

आइतबार हात, खुट्टा र टाउको काटिएको अवस्थामा उनको शव सुट्केस भित्र भेटिएको थियो । त्यसपछि प्रहरीले कुकुर लगाएर खोजतलास गर्दा उनको अन्य अंग समेत फेला परेको थियो ।

शव बरामद भएपनि पहिचान खुल्न नसकेपछि प्रहरीले बोहोराको तस्वीर सार्वजनिक गरेको थियो । तस्वीर सार्वजनिक गरेसँगै उनको पहिचान खुलेको हो ।