सरकारले रुकुमको चौरजहारी घटनाका मृतक प्रतिपरिवार १० लाख दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले घटनाका मृतक परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।
मंगलबार निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले मृतकलाई आर्थिक सहायताका साथै घाइतेको उपचार खर्च बेहोर्ने जानकारी दिए।
चौरजहारीमा जेठ १० गते भएको घटनामा परी जाजरकोटका ६ जना युवाको मृत्यु भएको थियो । घटनामा १२ युवा घाइते भएका थिए ।